२९ कात्तिक, काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।