७९ कात्तिक २८ काठमाडौ ।

मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव नजिकिदै गर्दा  काठमाडौ जिल्ला अदालत लगाएत देशभरीका सरकारी कार्यलयहरूमा सेवा लिन आउने सेवाग्राहीको चहलपहल कम भएको छ । सरकारी कार्यलयका कर्मचारीलाई सरकारले चुनावी क्षेत्रमा खटाएको, दुर्गम क्षेत्रका मतदान क्षेत्रमा ४/५ दिन अगावै कर्मचारी पुग्नुपर्ने,  आमसर्वसाधारण, दलका नेत्ता, कार्यकार्ता, वकिल, पत्रकारहरू चुनावी अभियानमा  प्रचारप्रसार गर्न  भोट माग्न ब्यस्त भएको कारण चहलपहल कम भएको हो । काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता पनि कम भएको छ। यतिबेला नेपाल पुरै चुनावीमय भएको छ । बिश्वको ध्यान नेपालको चुनाव माथि केन्द्रीत भएको छ। निर्वाचन आयोगले पनि मंसिर ४ को चुनाव प्रचारप्रसार अभियान लाई तिव्र पारेको छ ।नेपालको राजनीतिक परिस्थिति अत्यन्तै सकारात्मक रुपले अगाडि बढेको छ।सवै राजनीतिक दलका नेत्ता कार्यकर्ताहरू एकआपसमा मिलेर सान्तिपुर्ण रुपले चुनाव प्रचारप्रसार अभियानमा छन