७९ कात्तिक २७ काठमाडौ ।

नेपाल र नेपालीको लागि एमसिसी प्रोजेक्ट रास्ट्रघाती  प्रोजेक्ट हो भनेर सुरुमा मुद्दा उठाउने नेपालमा पहिलो पार्टी जनसमाजवादी पार्टीका अध्यक्ष सुवास राज काफ्ले हुन। जनसमाजवादी पार्टीले एमसिसी रास्ट्रघाती हो भन्दा नेपालका कुनैपनी राजनीतिक दलका नेत्ता कार्यकर्ताहरू  एमसिसी भनेको के हो ? भन्दै सोध्दै हिडथे।

यतिबेला जनसमाजावादी पार्टीले तारा चिन्ह लिएर देशब्यापी चुनाव प्रचारप्रसार अभियानमा ब्यस्त छ । चुनाव प्रचारप्रसार अभियानमा जनसमजावादी पार्टीले आयोजना गरेको प्रशिक्षण, कोणसभा कार्यक्रम मा अध्यक्ष काफ्लेले सम्बोधन गर्दै पार्टीको घोषणा र कार्यक्रम भनेको नेपालीहरूको बार्षिक परक्यापिटल आम्दानी पचास हजार (५००००) डलर पुर्याउने, नेपालको जिडिपी दुईसय खर्व पुर्याउने, सवै वडाहरू लाई बिकसित बनाउने, प्रत्येक नेपाली लाई अनिवार्य रोजगारी ग्यारेन्टीको साथ दिने रहेको छ भन्नुहुन्छ अध्यक्ष काफ्ले । यी सवै कार्यक्रमलाई एकमुष्ट समेटन पार्टीले स्टार मोडल नामको घोषणा पत्र तयार गरेको बताउनुहुन्छ । जनसमाजवादी पार्टीको तारा चुनाव चिन्ह यतिबेला अत्यन्तै लोकप्रीय रहेको छ।