७९ कात्तिक २५ काठमाडौ ।

सम्पादकीय; डाक्टर- रण बहादुर चन्द

नेपालको भविश्य र नेपाली युवाहरुको योगदान
नेपाललाई बिश्व माझ हेर्दा भगवानले पनि नेपाललाई माया गरेर नै बनाई दिएको देखिन्छ । तीन प्रकारको भूगोल, सोही अनुसार तीनै प्रकारको जलबायु, जहाँ पनि उर्बर भूमि पनि नेपालमा छ ।

नेपालमा कोही भोकले मर्दैन, नाकाबन्दी भए पनि नेपाल बन्द हुँदैन, संसार डुबोस तर नेपाल डुब्दैन, रही रहन्छ । नेपाल संसार मै शक्तिशाली, शुन्दर, बिद्वत, प्रख्यात, धनी र त्यागी देश हुने क्षमतामा रहेको राष्ट्र हो । के नेपाल लाई त्यस अवस्थामा हामिले राख्न सक्यौं त ? जवाफ हजुरहरु संग नै छ । यहाँ अहिले संसार बुझेका नेपाली युवाहरु छन जसका लागि मैले यो पोष्ट गरि रहनु आवश्यक पनि छैन ।

२०४६ को नेपाल र अहिलेको नेपाल फरक हुनु पर्ने प्राकृतिक सिध्दान्त नै पनि हो । किनकि २०४६ मा जन्मेको नेपाली बालक अहिले ३३ बर्षको भै सक्यो, उसले नेपाल र बिश्वको बारेमा धेरै कुरा बुझि पनि सक्यो । राष्ट्र के हो? राष्ट्रियता के हो? बिश्वका मुलुकहरुको अगाडी हामिले देश बनाउन के चाहिँ गर्नु पर्छ भनेर । तर यति हुँदा पनि अहिले हामि युवाहरु नै १६५ प्रतिनिधि सभा सदस्यका लागि ८००+ उमेदवारहरु र ३३० प्रदेश सभाका लागि १०००+ उम्मेदवारहरु मैदानमा छन । अब भन्नुस कि परिवर्तन गर्ने हरेक नेपाली युवाले त यही निर बिचार गर्नु पर्ने हो कि हामि सबै एकजुट भएर प्रतिनिधि र प्रदेश गरी १६५/३३० मात्र उम्मेदवारहरु मैदानमा हुनु पर्थ्यो । तर के हामि चुनाव हुँदा राम्रोलाई समर्थन गर्न नसक्ने सबै हामि बिभाजित हुने र हुन चाहने, अहिले देखि नै प्रधानमन्त्री मै हुन्छु भनेर घोषणा समेत गरि हाल्ने हो भने यो नाटक हामि कसलाई देखाउँदै छौं । के राम्रा उम्मेदवारलाई जिताएर हामि MP नभई, PM नभइ देशका लागि केही बर्ष बस्न सक्दैनौं ? यो युवा नेपाल निर्माताहरु लाई प्रश्न । अनि बिगत ३३ बर्ष भन्दा बढी नेपालको बिकासको, नेपाली जनताको समृद्धिको नाम बेचेरै नथाकेका बृद्ध युवा नेताहरु एक दिन, एक छिन पनि MP, PM नभई बाँच्नै नसक्ने (बुढो गोरुले गाई ओगटेको जस्तो) नयाँ पीँढीलाई दिनै हुन्न भन्ने मानसिक्ता । छोरा छोरीहरुलाई जिम्मेवारी दिनु पर्दैन ? राष्ट्र निर्माणको कुरा गर्ने, एउटा पुर्वमा सिमित, अर्को मध्यमा सिमित, अर्को सुपमा सिमित, अनि नेता चाँहि राष्ट्रिय के हो यो फिलोसोफी थाहा भएन ।

अब नेपालको बिकास, समृद्धिका लागि निस्वार्थ रुपमा लाग्ने को चाँहि हो त? कि त ति बिदेश गएका हाम्रा दाजु, भाई दिदी बहिनीहरु नै हुन, किनकि तिनमा जोश छ, त्याग छ, हिम्मत छ, आँट छ । म बिदेशमा दुःख भोगेर बसेका मेरा नेपाली दाजु, भाई, दिदी बहिनीहरु सबैलाई अनुरोध पनि गर्छु कि तपाँईहरुले हाम्रा युवा नेताहरुलाई सम्झाई दिनुस कि नेपालको बिकास गर्न र नेपाली नेपाल बाहिर नजाने बनाउन कम्तिमा जोश जाँगर भएका युवाहरु एक भएर १६५/३३० युवाहरु आगामि निर्वाचनमा जित्ने गरी अगाडी आउनुहोस भनेर ।
मतादाता नेपाली जनताहरुलाई- आफ्नो कामका बारेमा तपाँईहरुलाई कसैले सिकाउनु पर्दैन, के के छ, कति खर्च गर्ने, नगर्ने, के गर्दा ठिक, के गर्दा बेठिक, कहाँ जाने कहा नजाने आदि इत्यादिका बारेमा कसैले सिकाउनु पर्दैन ।

अब यहाँ सारा राम्रा चुनावी उम्मेदवारहरुले भनि राछन कि मलाई भोट दिनुस भनेर । यहाँहरुलाई राम्ररी थाहा छ को चाँहि राम्रो मान्छे भनेर । अनि नेपालमा तपाँईहरुका लागि सबै कुरा गरि दिनु पर्ने तर तपाँईहरु थाहा पाउँदा पाउँदै पनि राम्रो मान्छेलाई भोट नदिएर जो ले जे भन्छ, केही भए पनि स्वार्थ कहाँबाट पुर्ति हुन्छ त्यस्तोमा लागेर अनि नेपालमा केही भएन भन्नु कत्तिको उपयुक्त छ ।

त्यसैले नेपाली युवाहरु, परिवर्तनकारी सन्दर्भ ब्यक्तिहरु, नेपाली मतदाताहरु नेपाल बनाउन एक जुट होऔं । देखिएको छ नेपालमा “Divide & Rule” सबै नेपाली बिभाजित गरिए १८४ पार्टिमा, गाउँमा कोही पनि नेपाली जनता छैनन । अनि हामि परिचालित हुने गोटीहरु, स्ट्राईकर अर्कैको हातमा, हामि बुध्दिमानले गरेको के हो? बुझ्न सकिएन ।
हार्दिक अनुरोध छ कि “कम्तिमा नेपाली युवाहरुले नेपाल आमाको लागि यस पटक देशभक्ति देखाउनुस कि एउटा निर्बाचन क्षेत्र एउटा स्वतन्त्र/बैकल्पिक पार्टिको उम्मेदवार नेपाल आमाले आशिर्वाद दिने छन ।“
स्वतन्त्र/बैकल्पिक एकता अभियान
राष्ट्रिय संयोजकः Rana Chand PhD.
राष्ट्रिय सह-संयोजकः Er.Dr. Shankar Dhakal