७९ कात्तिक २५ काठमाडौ ।

यतिबेला मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको रौनक ,सरगर्मि बढेको छ । देश ब्यापी रुपमा चुनाव प्रचारप्रसार अभियानमा सवै राजनीतिक दलका उमेदवार, स्वतन्त्र उमेदवारहरू ब्यस्त छन भने  जनसमाजवादी पार्टीले पनि
चुनाव प्रचारप्रसार अभियान लाई तिव्र पार्दै तारा चिन्हमा भोट माग्दै चुनावी  अभियानलाई तिव्र पारेको छ।

जनसमाजवादी पार्टी नेपालको एक बैकल्पिक शक्ति पार्टी भएको जनसमाजवादी पार्टीले निष्कर्ष निकालेको छ । जनसमाजवादी पार्टीले पार्टी अध्यक्ष क. सुबास राज काफ्ले लाई भावी प्रधानमन्त्रीको रूपमा उभ्याएको छ ।

स्वाधीनता र रास्ट्रीयता यो पार्टीको मुलमन्त्र रहेको छ। यो पार्टी कम्युनिस्ट बिचार दर्शन सिद्धान्त बोकेको अग्रगामी क्रान्तीकारी पार्टी हो। जनसमाजवादी पार्टीका अध्यक्ष क. सुबास राज काफ्ले ले आउदै गरेको मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावमा सम्पुर्ण नेपाली जनतालाई तारा चिन्हमा मतदान गर्न आह्वान गर्दै पार्टीका नेत्ता कार्यकर्तालाई मंसिर ४ को चुनाव प्रचारप्रसार अभियानमा सक्रिय भएर लाग्न अग्रह गर्नुभएको छ।