७९ कात्तिक २५ काठमाडौ ।

यतिबेला मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा कम्युनिस्ट बिचारक, कम्युनिस्ट सिद्धान्त, दर्शन, निति, आदर्श, बोकेका वरिष्ठ कम्युनिस्ट नेत्ता जनसमाजवादी पार्टीका अध्यक्ष कम्रेड सुबास राज काफ्ले तारा चिन्हमा भोट हाल्न आह्वान गर्दै देशब्यापी प्रचार अभियानमा ब्यस्त छन।

देशका विभिन्न भागमा जनसमाजावादी पार्टी सग सहकार्य सहित तारा चिन्ह लिएर उठेका स्वतन्त्र उमेदवारले आयोजना गरेको प्रचार अभियानका कार्यक्रम लाई सम्बोधन गर्न, छलफल गर्न, भेटघाट गर्न, अध्यक्ष काफ्ले ब्यस्त छन।

अध्यक्ष सुबास राज काफ्ले भन्नुहुन्छ तारा चिन्हले जिते सम्पुर्ण नेपाली जनतालाई गाँस, बास, कपास, शिक्षा, रोजगारीको ग्यारेन्टी तारा चिन्हको पार्टीले लिनेछ। रोजगारी दिन नसके बेरोजगार सम्पुर्ण नेपाली नागरिकलाई मासिक पचास हजार (५००००) सम्म भत्ताको ब्यबस्था गर्नेछ, यो जिम्मा जनसमाजवादी पार्टीले लिनेछ । आफ्नो तारा चिन्हको पार्टी र तारा चिन्हको घोषणा व्यबहारमा रुपान्तरण गरेर देखाउने दावी गर्नुहुन्छ ।

यो तारा चिन्ह भएको जनसमाजवादी पार्टीले आफ्नो नारा स्वाधीनता र रास्ट्रीयताको मुलमन्त्र बनाएको छ भन्दै तारा चिन्हमा भोट हाल्न सम्पुर्ण देशबासी आमनागरिकहरूलाई अध्यक्ष काफ्ले ले विनम्र पुर्वक अपील गरेका छन।