७९ कात्तिक २४ काठमाडौ ।

भ्रष्टाचार बिरोधि अभियान्ता तथा रास्ट्रवादी देशभक्त नेत्ता डाक्टर रण बहादुर चन्द फेसबुक लगाएत विभिन्न सामाजिक मिडिया मार्फत नेपाली नागरिकले बिदेशी बैंकमा सम्पत्ति जम्मा गरेको भए सार्वजनिक गर्न माग गरेका छन भने सय पाँचसय र हजारका पुराना नोट तुरुन्तै नचल्ने बनाएर नंया नोट प्रचलनमा ल्याउनुपर्छ भन्दै सामाजिक संजालमा डाक्टर चन्द यसरी लेख्छ:
नं. १ः- यदि नेपाली राजनितिक पार्टी र नेताहरु साँच्चिकै नेपाली जनता र नेपाल प्रति जिम्मेवार छन, राष्ट्र निर्माणको नारा सही हो भने हामी नेपाली जनताको सर्बसम्मत अभीयान “मातृभूमि अभीयान” बाट नेपालको सार्वभौम संसदमा एउटा प्रस्ताव दर्ता गर्न लागेका छौं त्यो के भने “नेपालको संघीय संसदले नेपाली नागरिकहरुको कुनै पनि बिदेशी बैंकमा सम्पत्ति छ भने नेपाल सरकारको अनुरोधमा सो को बिवरण नेपाल सरकारलाई उपलब्ध गराइ दिनु पर्यो भनेर सांसदहरुको दुई तिहाईले वा सर्वसम्मत पास गरि दिनु पर्यो। ताकि नेपालीहरुको भ्रम दूर होस” सांसदहरु  धोइ पखाली चोखो हुने पहिलो काम । के यसमा छलफल बहस हुन सक्छ? कुनै सांसद ज्यू ले नि कमेण्ट गर्नु पर्यो ।

नं. २ः- नेपालमा भ्रष्टाचार बढ्यो भनेर सबैले कराई राखेकाछन, जँवाफमा हामिले केही भन्न सकेका छैनौं त्यसका लागि अहिले भएका ५०० र १००० का नोटहरुलाई नचल्ने बनाई नयाँ नोट प्रचलनमा ल्याउने निर्णय गर्नु पर्यो । ताकि कसैले थुपारेर राखेको भए नि त्यो काम नलाग्ने हुन्छ, बिगतमा गरेको भ्रष्टाचार सकिन्छ । कसैको श्रोत खुलेको ति नोटहरु छन भने तिनले नयाँ नोट पाउँछन । यस निर्णयका लागि नोट छाप्न पैसा लाग्छ, नगर्ने, नभन्नुस, नेपाली जनताहरुले १ जनाले १०० रुपैया जम्मा गरेर हामि नोट छाप्ने १० अरब रुपैया जम्मा गर्छौं । यसो गरे सरकारलाई निर्णय गर्न के समस्या । सबै जनालाई Clean Chit, सहमत कि असहमत ? ल त हजुर आगामि निर्वाचनमा सफा भएर चुनाव लडौं । के यो पारित हुन सक्छ ? यसमा नि कुनै सांसद ज्यूले नि कमेण्ट लेख्नु पर्यो।
“नेपालीहरुको हैसियत ५ बर्षमा बिश्व सामू अग्र पङ्तिमा  देखिनु पर्यो।