७९ कात्तिक २४ काठमाडौं।

“स्वतन्त्र–वैकल्पिक एकता अभियान“को समानुपातिक मत संरक्षणको लागि “तारा उम्मेदवारी अभियान” का संयोजक पूर्वप्रहरी अतिरिक्तमहानिरीक्षक डा. रणबहादुर चन्दले समानुपातिकमा  तारा चुनाव चिन्हमा भोट दिई स्वतन्त्र अभियान र वैकल्पिक राजनीतिको धरातलबाट आएका इमान्दार, सक्षम, अनुभवी र विज्ञ युवा उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । 

प्रतक्षमा सम्पूर्ण स्वतन्त्र वैकल्पिक उम्मेदवार र अभियन्ता अनि शक्तिहरुलाई आआफ्नो चुनाव चिन्ह भन्दा माथि उठेर सामूहिक जीतको लागि मिल्न आग्रह गर्दै संयोजक चन्दले तारा चुनाव चिन्ह रहेको वैकल्पिक र राष्ट्रवादी शक्ति, जनसमाजवादी पार्टी नेपाल, सँग स्वतन्त्र-वैकल्पिक एकता अभियानले  दर्जनौं अरु वैकल्पिक दलहरुको सम्वाद पछि MoU हस्ताक्षर गर्दै समानुपातिकमा स्वतन्त्र-वैकल्पिकका प्रमाणित नेता र विज्ञ उम्मेदवार लाई प्राथमिकता दिई निःशर्त स्वागत गरेकाले तारा चिन्हमा मत हाल्न आग्रह गरेका हुन् ।

डा चन्द स्वयं संघमा तारा उम्मेदवारी अभियानको तर्फबाट समानुपातिक उम्मेदवार छन् भने स्वतन्त्र र एकीकृत ईन्जिनियरिङ अभियानका राष्ट्रिय युवा नेता तथा मधेस प्रदेश अध्यक्ष इन्जिनियर तेजनारायण यादवको समूह मधेश प्रदेशको समानुपातिक उम्मेद्वार रहेका छन् । 

अभियानले केहीदिनअघि अगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदाता र आमजनतालाई मतदानको ठोस र विजयी विकल्प प्रदान गर्न सबै वास्तविक र इमान्दार स्वतन्त्र उम्मेदवार र वैकल्पिक राजनीतिक दललाई एकताबद्ध हुनको लागि आह्वान गर्दै घोषणापत्र सार्वजनिक गरेको थियो ।  घोषणापत्रमा वैकल्पिक शक्तिले सुशासन, राष्ट्रिय एकता र समृद्धिको अधुरो एजेन्डालाई उत्थानशील, दिगोपना र पहुँच वा समावेशिताको दर्शनमा आधारित भएर मात्र पूरा गर्नसक्ने उल्लेख गरिएको छ । त्यस्तै घोषणापत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को एसटीआई, विज्ञ डाटाबेस र अन्तरिक्ष मिसन २०५० नीति, महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र (एनआइसी)मा क्राउड फन्डिङमा आधारित रिभर्स इञ्जिनियरिङ र इनोभेसनमार्फत युवा उद्यमशीलताको मिसनलगायत नेपालमा विद्यमान विभिन्न आर एण्ड डी इनोभेसन सेन्टरका विद्यमान नीति तथा योजनाहरु समावेश छन् ।

हाल उक्त एकीकृत घोषणापत्रलाई तारा उम्मेदवारी अभियान र जनसमाजवादी पार्टी नेपालले समेत ग्रहण गर्दै अन्य सम्पूर्ण स्वतन्त्र-वैकल्पिक शक्तिहरुलाई पनि सहकार्य गर्न अनुरोध गरेको छ।