७९ कात्तिक २३ काठमाडौ ।

मंसिर ४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव नजिकै गर्दा देश ब्यापी चुनावी सरगर्मी बढेको छ। चुनाव प्रचारप्रसार अभियान अन्तरगत तारा चिन्हले काठमाडौ उपत्यका लगाएत काभ्रे, सिन्धुली, दाङ अछाम, सुर्खेत लगाएत देशब्यापी प्रचार अभियानलाई तिव्र पारेको छ। सामाजिक संजाल देखि मिडियामा तारा चिन्हको प्रचार व्यापक भैईरहेको देखिन्छ। तारा चिन्ह एक पुरानो चुनाव चिन्ह हो। अघिल्लो चुनावमा तारा चिन्हले देशभरी बाट अत्यधिक मत पाएर लोकप्रिय चिन्ह बनेको थियो। देशका ७७ वटै जिल्लामा तारा चिन्हको वालपेन्टीङ्ग पम्प्लेटिङ्ग व्यापक रुपमा भैईरहेको छ। तारा चिन्हलाई  रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्थरबाट राजनैतिक तथा नैतिक सहयोग आईरहेको देखिन्छ। अन्य ठुला र शक्तिसाली भनिने दलहरूको बिकृती बिसङगती बाट वाक्क दिक्क भएका नेपाली जनता यो पटक  तारा चिन्हमा भोट हाल्न सोस्फूर्त रुपमा नेपाली जनता अगाडि बढेको देखिन्छ। यसै सन्दर्भमा भ्रस्टाचार बिरोधि अभियान्ता डाक्टर रण बहादुर चन्द लगाएतका स्वतन्त्र बुद्दिजिवीहरूले चुनाव चिन्ह तारामा मत हाल्न आह्वान गर्नुभएको छ।

हेमन्त खबरका खोज पत्रकार ।