२३ कात्तिक, काठमाडौं ।

हिजो राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जलाइ केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प र सोही क्षेत्रलाई केन्द्रविन्दु बनाई आज विहान आएको ६.६ रेक्टरको भुकम्पमा परी ६ जनाको मृत्यु भएको छ । उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।

भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा, ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले बताए ।

भूकम्पले त्याही वडाका ५ जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिल्लाका विभिन्न स्थानहरूमा करोडौंको भौतिक क्षति भएको जिल्ला प्रशासन डोटीले जनाएको छ ।