प्रदेश १ सरकारले भोलि सार्वजनिक विदा दिएको छ। वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव अर्जुन निरौलाले जारी गरेको सार्वजनिक सूचनामा मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उल्लेख छ ।

डेंगी रोगको संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बिहीबार नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।