७९ कात्तिक २२ काठमाडौ ।
श्रोत: मुलबाटो

नेकपा(क्रान्तिकारी माओवादी) मोहन बैद्यले नेतृत्व गर्नुभएको र नेकपा बहुमत धर्मेन्द्र बास्तोलाले नेतृत्व गर्नुभएका दुइ पार्टी निकटका दुइ विधार्थी संगठन पनि यति बेला निर्वाचन बहिष्कार गर्न भनि पत्रकार सम्मेलन मार्फत बहिष्कार /अवज्ञामा उत्रिने आम रुपमा सार्बजनिक गरेका छन ्। अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल र अर्का अखिल(क्रान्तिकारी) का अध्यक्ष मिलन राई विधार्थी संगठन निर्वाचन बहिष्कार /अवज्ञा गर्ने आफ्नो माउ पार्टीले लिएको नीति अनुरुप देश व्यापि रुपमा यति बेला मंसिर ४ को प्रदेश र प्रतिनीधि सभाको निर्वाचन बहिष्कार/ अवज्ञामा आफ्ना नेता/कार्यकर्ता तयार पार्दै जनताहरुलाइ आसन्न निर्वाचन सक्रिय बहिष्कार/अवज्ञा गर्न विधार्थी, शिक्षक,मजदुर,किसान,युवा,महिला र आम जनसमुदायमा अपिल गरेका छन ।

दुइ अखिल(क्रान्तिकारी)हरुले संसदवादी राजनैतिक दलहरुले देश र जनतालाइ निर्वाचनको नाममा महँगी,लुट,हत्या दिन प्रतिदिन बढाइ रहेको युवाहरुलाइ देशमै रोजगर र अवसर सृजना गराउन नसक्ने सरकारले युवाहरु विदेशिन बाध्य पार्दै जनताहरुलाइ समृद्धको नारामात्र बाँडेर युवाहरुले पठाएको रेमिटेन्सले सरकार चलाउदै लुट मचाउदै भष्टचार र महँगीले जनताहरुको जनजीविका दिन प्रतिदिन कष्टकर बन्दै गर्दा समेत अहिले सम्म संसदबादी दलहरुले हल दिन नसकेको बताए ।