७९ कात्तिक २२ काठमाडौ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यति बेला आफ्नो पार्टी र गठबन्धनका उमेदवारको पक्षमा भोट माग्दै देशका विभिन्न भागमा पार्टीले आयोजना गरेको आम सभालाई सम्बोधन गर्न देश दौडाहा छन।

जुम्ला लगाएत देशका विभिन्न जिल्लामा माओवादी केन्द्र सहित गठबन्धनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै प्रचण्ड भन्छन: ´आगामी चुनावमा केपि ओलिको पार्टी पत्तासाफ हुने छ, केपि ओलिले सत्तामा रहदा संविधान माथी बारम्बार आक्रमण गरेका छन आफुखुसी दुईदुई पटक संविधान विघटन गरेर लोकतान्त्रिक संविधान माथी ठूलो घात गरेका छन`। त्यसैले आगामी चुनावमा केपि ओलि र केपि ओलिको एमाले पार्टी नेपाल बाट पत्तासाफ हुनेछ । अघिल्लो प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र केपि ओलि नेतृत्वको एमाले पार्टीले चुनावमा सहकार्य गरेका थिए। यतिबेला नेपाली काङ्ग्रेस सग माओवादी केन्द्रले चुनावी सहकार्य गर्दै चुनावी मैदानमा छन ।