७९ कात्तिक २१ काठमाडौ ।

मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा सवै राजनीतिक दलहरू चुनाव प्रचारप्रसारमा लागेका छन । चुनाव जतिजति नजिकिदै छ त्यति त्यति चुनाव बहिष्कारबादी दल द्वारा सुरक्षा चुनौती पनि सृजना भएको छ ।

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दलाल पुजीवादी सत्ताको चुनाव खारेज गरौं !एकीकृत जनक्रान्तीमा अगाडि बढौ! भन्ने नारा सहित देश ब्यापी चुनाव बिरोधि कार्यक्रम संचालन गर्दै आएको छ । बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले बर्तमान ब्यबस्थालाई संसदिय दलाल ब्यबस्थाको रुपमा चित्रण गर्दै यो ब्यबस्था लाई खारेज गरेर बैज्ञानिक समाजवादी ब्यबस्था स्थापन हुनु पर्ने आवाज सहित देशका विभिन्न भागमा पार्टी स्थापना कालदेखिनै भौतिक संघर्षका कार्यक्रम देखि सान्तिपुर्ण रुपले कोणसभा, आम सभा, रयाली, जूलूस आदि संघर्षका कार्यक्रम संचालन गर्दै आएको छ।