७९ कात्तिक २१ काठमाडौ ।

आगामी मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव आउन १२ दिन मात्रै बाकी छ । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार गर्दै आफ्नो पक्षमा भोट माग्ने कार्यलाई तिव्र पारेका छन। निर्वाचन आयोगले धनकुटा लगाएत देशका विभिन्न भागमा नमूना मतदान कार्यक्रम समेत संचालन गरेको छ । नमूना मतदानमा पत्रकार स्थानीय जनताले  भाग लिएका छन्।
नमुना मतदान कार्यक्रम संचालन गर्नुको कारण आगामी मंसिर ४ को चुनावमा मतदान गर्दा भोट बदर नहोस् भन्ने रहेको निर्वाचन आयोगले जनाएको छ भने राजनीतिक दलका नेत्ता कार्यकर्ताहरूले पनि भोट कसरी हाल्ने भन्ने बारे सिकाउदै हिडेका छन।