७९ कात्तिक २० काठमाडौ ।

मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव नजिकै छ। चुनाव नजिकिदै गर्दा चुनाव प्रचारप्रसार गर्न भोट माग्न साना बालबालिका प्रयोग भैईरहेको भन्ने सुचनाको आधारमा चुनाव प्रचारप्रसार गर्न र भोट माग्न बालबालिकाहरू लाई प्रयोग नगर्न निर्वाचन आयोगले राजनीतिक दलहरू, दलका नेत्ता कार्यकर्ता, सम्बन्धित संघ सस्थाहरूलाई बारम्बार आग्रह गर्दै आएको छ।

चुनाव प्रचारप्रसार गर्न, भोट माग्न बालबालिका प्रयोग गर्ने गराउने जो कोहिलाई ३ बर्ष सम्म कैद र ७५ हजार सम्म जरिवाना गरिने निर्वाचन आयोगले जानकारी दिदै आएको छ।