७९ कात्तिक २० काठमाडौ ।

दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा दाङका एक पुराना नेत्ता हेमन्त बहादुर मल्लले क्रस खुकुरी चिन्ह लिएर स्वतन्त्र उम्मेद्बारी दिएका छन।

मल्ल लाई दाङका जनताले बहुदलवादी नेत्ता, प्रजातान्त्रिक अभियान्ता, जनताको हक अधिकार संरक्षण गर्न सक्रिय रुपले लागीपरेका अभियान्ता, अन्याय अत्याचार विरुद्ध निर्मम बनेर आवाज उठाउने एक पुराना लोकप्रिय नेत्ताको रुपमा चिन्ने गर्छन।

हेमन्त बहादुर मल्ल यतिबेला  दाङका विभिन्न ठाउँमा जनता सग घरदैलो, भेटघाट, कोणसभा कार्यक्रम लगाएत चुनावी अभियान सन्चालन गर्न ब्यस्त छन। चुनावी अभियान संचालन गर्दै वहाँले भन्नू भयो; आफ्नो उम्मेद्बारी ब्यक्तिगत, सस्थागत र राजनीति दल विरुद्धमा नभई
नेपालमा बिपिले स्थापना गरेको नेपाली काङ्ग्रेसको नीति सिद्धान्त दर्शन बाट बिचलित भएका काङ्ग्रेस साथिहरूलाई सच्याउन स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भयो। नेपाली काङ्ग्रेस नेपाली जनताको  सवै भन्दा प्यारो लोकतान्त्रिक जनताको मर्म बुझ्ने जनताको पार्टी भएपनी पछिल्लो समयमा बिपिले स्थापना गरेको काङ्ग्रेस पार्टीको नीति सिद्धान्त दर्शन बाट काङ्ग्रेसका धेरै नेत्ता कार्यकर्ताहरू बिचलित भएका छन भन्नू भयो। आफ्नो उम्मेद्बारी जित हारमा भन्दानि नेपाल र नेपाली जनताको आर्थिक उन्नति प्रगति कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीत भएकोले जनताले दिएको भोट लाई हासी हासी सहर्ष स्वीकार्ने बताउनु भयो।