७९ कात्तिक १९ काठमाडौ ।

मंसिर ४ को  प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनाव आउन १४ दिन बाकी रहदा नेपालका सवै राजनीतिक दलहरू स्वतन्त्र उमेदवारहरू यतिबेला आफ्नो पक्षमा भोट माग्दै चुनाव प्रचारप्रसार अभियान अन्तरगत जनताको घर आगनमा भेटघाट कार्यक्रममा ब्यस्त छन।

७७ वटै जिल्लामा आमसभा, कोणसभा, अन्तरक्रिया, बैठक, रयाली, जुलुस, माईकिङ, वालपेन्टीङ्ग, पोस्टरिङ्ग जस्ता प्रचार गर्न राजनीतिक दलका नेत्ता कार्यकर्ताहरू आ-आफ्नो क्षेत्रमा ब्यस्त छन।

चुनाव प्रचारप्रसार गर्दै भोट माग्ने अभियान अन्तरगत काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, फोरम, मजदुर किसान पार्टी सवै भन्दा धेरै अग्रस्थानमा रहेका छन।

निर्वाचन आयोगले चुनावी अभियानमा धेरै आर्थीक रकम खर्च नगर्न, तडकभडक नगर्न दलहरूलाई आग्रह गर्दै आएको छ भने निर्वाचन सम्बन्धि आचारसंहितामा उल्घन भए नभएको अनुगमन समेर निर्वाचन आयोगले गर्दै आएको।