७९ कात्तिक १८ काठमाडौ । नेपाल कृषिप्रधान देश हो। नेपालमा अहिलेसम्म अधिकाम्स ठाउँमा पुरानै पद्धति बाट कृषि पेशा गरिन्छ। नेपालमा राम्रो सग मिहिनेतको साथ लगनसिल भएर कृषि कर्म गर्ने हो भने कृषि पेशा बाट अत्यधिक फाईदा नाफा हुने निश्चित छ। नेपालमा कृषि पेशाको लागी राम्रो हावापानी र भूगोल रहेको छ ।

नेपालमा नेपाली युवा युवतीहरू आफ्नो भएको जग्गा जमिन बाझै राखेर आईए, बिए, एमए, पास गरेको सर्टिफिकेट लिएर नेपालमा रोजगारी छैन, नेपाल सरकारले रोजगारी दिदैन भन्दै लाखौं लाख खर्च गरेर साउदी कत्तार, दुबई, मलेसिया, लगाएतका देशहरूमा मासिक ३०/४० हजार कमाउन गैईरहेका छन। कति युवायुवतीहरूत ठगिएर खाली हात रुदै नेपाल फर्केका प्रसस्त उदाहरणहरू छन।

तर सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४ का सुर्य बहादुर थापा एक किसान जो उमेरले ८० बर्ष नाघिसकेका छन उहाँले एक्लै ज्याला दिएर खेतला लगाएर अनि आफू स्वयंमले चौबीसै घण्टा काम गरेर खटेर करिब १५ कठ्ठा जग्गामा  मिस्रीत रुपले लगाएको केरा-खेती, मरिच-खेती, भुईकटर, रुखकटर,लिची, आँप, अम्बा-खेती गरेर उत्पादन भएको फलफुल र मसला बिक्री गरेर मात्रै बार्षिक ९ लाख बचत गरेका छन।

यसैगरी वहाँले आफ्नै छुट्टै ३ बिगाहा जग्गामा सिजन अनुसार गरेको धान-खेती, मकै-खेती, तोरि-खेती, कोदो-खेती फापर-खेती बाट उत्पादन भएको धान, मकै, कोदो, तोरी, फापर, धानको पराल, मकैको ढोड, मात्रै बेचेर बार्षिक १० लाख बचत गरेका छन।

यस्को साथसाथै किसान सुर्य बहादुर थापाले ४ बिगाहा जमिनमा वहाँ आफैले रोपेर संरक्षण गरेको स्थानीय लोक्कल जातको डाले घाँस खसरेटो, पटमिरो,बास, खन्यु, टाकी, खर, सिरु जस्ता घाँस मात्रै बेचेर बार्षिक ४ लाख बचत गरेका छन।

अर्को तिर माहुरी, भैसि, रागा, खसी, गाई पालेर उत्पादन भएको मह, दूध घिउ र खसी बेचेर बार्षिक ४ लाख माथी बचत गरेका छन।

यी सवै गरेर किसान सुर्य बहादुर थापाले बार्षिक ४० लाख माथी आम्दानी गरेका छन।

वहाँले कृषि पेशा गरेर सातपत्रेमा नमुना देखाएका छ्न।

वहाँले गरेका यी सवै कार्य कुनै तालिम प्राप्त आधुनिक व्यावसायिक ब्यबस्थित कृषि पेषा होईन। वहाँ स्वयंले आफ्नै बलबुद्दी मिहिनेत बाट गरेका छन । किसान सुर्य बहादुर थापा भन्नु हुन्छ अचेल दुम्सी, बादर, सुगाले साह्रै दु:ख दिएको छ, मिहिनेत गरे कृषि पेषा बाट हिरा उत्पादन गर्न सकिन्छ कृषि पेशा बाट सुन फल्छ, जागीर खानु पर्दैन, बिदेश जानू पर्दैन, अर्काको नोक्कर बन्नु पर्दैन ।
सुर्य बहादुर थापा त्यो क्षेत्रमा २०३० साल तिर परिवार सहित जानुभएको रहेछ। सिन्धुली जिल्ला कमलामाई ४ सातपत्रेका स्थानीय बुढापाका बताउछ्न सुर्य बहादुर थापा जति यो गाउँमा दु:ख मिहिनेत गर्ने मानिस अरु छैनन् । वहाँ जाड रक्सि खानुहुन्न,बिहान बेलुका पुजापाठ गर्नु हुन्छ टीका लगाएर हिडनुहुन्छ, वहाँले यो गाउँमा २०३० साल तिर आएर ४ बिगाह जति भिरालो पाखो बारी किनेर पाखो बारीलाई धान रोप्ने खेत बनाउन थालेपछि हामिले पनि वहाँको नक्कल गरेर धान खेत बनाउन थाल्यौं भन्छन् एक बृद्ध किसान ।
(हेमन्त खबर)

सुर्य बहादुर थापाले रोपेको मरिच।
थापाको केरा खेती