७९ कात्तिक १८ काठमाडौ ।

आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा भारत सरकारले ८० वटा सवारी साधन निर्वाचनको लागि सामाग्री ओसारपसार गर्न निर्वाचन आयोग लाई दिएको छ। उक्त कुरा निर्वाचन आयोगले प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ।

उक्त सवारी साधन नेपालका लागि माहामहिम भारतिय राजदुत श्री नवीन श्रीवास्तवले नेपालका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेस कुमार थपलियालाई हस्तान्तरण गरेका छन। उक्त सवारी साधन बुझ्दै प्रमुख निर्वाचन आयुक्त दिनेस कुमार थपलियाले भारत सरकारलाई निर्वाचन आयोगको तर्फ बाट विशेष धन्यवाद व्यक्त गरेका छन। नेपाल सरकारको आग्रह अनुसार सवारी साधन निर्वाचन आयोग लाई निसुक्ल सहयोग गरेको भारतिय राजदुत नवीन श्रीवास्तवाले जानकारी दिएका छन। भारत नेपालको लागी प्रमुख असल छिमेकी मित्र रास्ट्र हो।