७९ कात्तिक १८ काठमाडौ ।

निर्वाचन प्रमुख आयुक्त दिनेसकुमार थपलिया  र उपराष्ट्रपति नन्दकिशोर पुन बिच आज उपराष्ट्रपतिको कार्यलयमा भेट बार्ता भएको छ। आगामी मंसिर ४ को प्रतिनिधि सभा सदस्य  र प्रदेश सभ सदस्य को चुनाव स्वच्छ निष्पक्ष तरिकाले गराउने बिषयलाई लिएर प्रमुख निर्वाचन आयुक्तले उपराष्ट्रपति सग भेटबार्ता गर्नुभएको छ।  भेटमा उपराष्ट्रपतिले मंसिर ३ गते सम्म १८ बर्ष पुगेका सम्पुर्ण नेपाली नागरिकले भोट हाल्न पाउने ब्यबस्था मिलाएकोमा निर्वाचन आयोग लाई धन्यवाद सहित शुभकामना दिनु भएको छ । निर्वाचनमा खटिने रास्ट्रसेवक कर्मचारी लाई चुनावमा खटिएकै ठाउँ बाट समानुपातिक प्रणालीमा भोटहाल्न पाउने ब्यबस्था मिलाएकोमा निर्वाचन आयोग प्रती उपराष्ट्रपति ज्यु बाट खुसी व्यक्त गरेको निर्वाचन आयोगले प्रेस बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ।