७९ कात्तिक १७ काठमाडौ ।

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव विरुद्ध देश ब्यापी बहिष्कार अभियान संचालन गर्दै आएको छ। निर्वाचन बिरोधि गतिविधिमा संलग्न भएको आरोपमा प्रहरी द्वारा  काठमाडौ उपत्यका काभ्रेपलान्चोक, कपिलवस्तु, सल्यान  लगाएत  देशका विभिन्न भाग बाट वैद्य माओवादीका थुप्रै नेत्ता कार्यकर्ता पक्राउ परेका छन ।

शान्तिपूर्ण रुपले धर्ना नारा जूलूस कोणसभा आमसभा लागाएत बिरोधका राजनीतिक कार्यक्रम गर्न पाउने अधिकार लोकतान्त्रिक संविधानले दिएको वैद्य माओवादीले जिकिर गर्दै आएको छ। सान्तिपुर्ण बिरोधका कार्यक्रम माथी प्रहरी द्वारा  हस्तक्षेप बन्द नगरे प्रतिरोध संघर्ष चलाउने भन्दै वैद्य माओवादीले प्रेस बक्तब्य जारी गर्दै आएको छ।

प्रतिरोध संघर्ष कस्तो खालको हुने भन्ने खुलाएको छैन। वैद्य माओवादीका नेत्ता भन्छन् प्रतिरोध संघर्ष जे पनि हुन सक्ने बताउछन् ।