७९ कात्तिक १७ काठमाडौ ।

 एजेन्स; कान्तिपुर अनलाइन ।

काठमाडौँ — पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको हत्या प्रयास भएको छ । उनीको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ ।

उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पीटीआई का नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेको छ ।

खान केही सहायता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । उनीसँगै र्‍यालीमा सहभागी केही घाइते भएको बताइएको छ ।

गोली लागी घाइते भएका खानलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् ।

खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् । उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।