७९ कात्तिक १६ काठमाडौ।

नेपालको सेयर बजार घटन थालेको दुई बर्ष भैईसकेको छ। स्थानीय निकायको चुनाव सकिए पछि सेयर बजार नेप्से सम्हालिने प्रयास गरिरहेको देखिन्छ। यति बेला नेपाल चुनावीमय भएको छ भने नेपालको राजनीति पनि अत्यन्तै राम्रो सकारात्मक रहेको छ। आगामी मंसिर ४ को चुनाव पछि  नेपालमा  आर्थिक निति राम्रो आउने नेपाली जनताले आशा गरेको देखिन्छ। आर्थिक निति कस्तो ल्याउने भन्ने बारे राजनीतिक दलमै भर पर्ने छ। आज नेप्से ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेर  बन्द भएको छ । आज १अर्व ४६ करोड माथिको सेयर कारोबार भएको छ। यतिबेला नेप्से अत्यन्तै तल्लो बिन्दुमा झरेको आम सेयर लगानीकर्ताको बुझाईरहेको देखिन्छ। यद्यपि सेयर लगानीकर्ता अझै पनि पर्ख र हेरको अबस्थामा रहेको देखिन्छ। सेयर बजार घटने बढने सामान्य नियम हो।