७९ कात्तिक १५ काठमाडौ।

नेपालको राजनीतिक स्थिति २०६२/६३ सालको जनआन्दोलन सफल भएपछी सकारात्मक स्थिति बाट अगाडि बढेको छ। हालको राजनीतिक परिस्थिति अत्यन्तै सकारात्मक रहेको छ। सेयर बजार बढने घटने राजनीतिमा भर पर्ने गर्दछ। तर ´नेपालमा राजनीति परिस्थिति सकारात्मक हुँदा समेत निश्चित केही समुहहरूले नेपालको सेयर बजार कब्जा गरेर सस्तोमा धेरै सेयर किन्ने दाउ सहित सानो सानो सेयर कित्ता त्यो पनि आफ्नो मान्छेलाई सस्तोमा बाई बस्न लगाउने अनि आफैले सस्तो सेयर दिएर नेप्से घटाउने गरेको` एक अनुभवी पुराना सेयर लगानीकर्ता नाम उल्लेख नगर्ने सर्तमा बताउनुहुन्छ। आज नेप्से ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर  बन्द भएको छ । आज १अर्व २९करोड   माथिको सेयर कारोबार भएको छ । नेपालको सेयर बजार नेप्से घट्न थालेको दुई बर्ष भैईसकेको छ। सेयर लगानीकर्ताले खर्वौ गुमाईसकेका छन। सेयर बजार सधैंभरी घटदैन र सधैंभरी बढदैन भन्ने कुरा आम सेयर लगानीकर्तामा ज्ञान् हुनुपर्छ ।