नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो १२ बर्ष कैद माग सहित मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख दिपक दाहालले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले सन्दिप लामिछाने विरूद्ध अनुसन्धान सकि कात्तिक ४ गते नै सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन नसकेको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।