७९ कात्तिक १४ काठमाडौ।

सेयर बजार नेप्से बढने कि घटने भन्ने कुरा राजनीतिले निर्धारण गरेको देखिन्छ। राजनीतिक माहोल सकारात्मक भए नेप्से बढने र राजनीतिक माहोल नकारात्मक भए नेप्से घटने गर्दछ। बिश्वमा चलेको गति नियम यस्तै देखिन्छ। नेपालमा राजनीतिक माहोल एकदम सकारात्मक रहेको छ। सेयर बजार मात्रै होईन हरेक गतिविधि सकारात्मक कि नकारात्मक दिशा तर्फ भन्ने बिषय राजनीतिले नै निर्धारण गर्दछ। आज नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेर  बन्द भएको छ । आज ६९करोड  माथिको सेयर कारोबार भएको छ ।