७९ कात्तिक काठमाडौ
आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकुल हुने गरि कुनैपनि कार्य नगर्न राजनीतिक दलका उमेदवार, नेत्ता, कार्यकर्ता, संघ, सस्था, लगाएत आम सम्पुर्ण नेपाली लाई आग्रह गरेको छ।

निर्वाचन आचारसंहिता बिपरित कार्य गर्नेहरूलाई स्पष्टीकरण सोध्ने कार्य भैईरहेको र २०७९ कात्तिक १७ गते देखि मंसिर १ सम्म मात्रै निर्वाचन सम्बन्धि प्रचारप्रसार, घरदैलो अभियान, कोणसभा, आमसभा, नारा, जुलुस, पम्प्लेटिङ, जस्ता कार्य गर्न पाउने निर्वाचन आयोगले आज कात्तिक १४ गते प्रेस बिज्ञप्ती मार्फत जनाएको छ।