७९ कात्तिक १३ काठमाडौ
२०७९ सालको तिहार र छट पर्व मनाउन सरकारले दिएको सार्वजनिक बिदा  तिहार र छट पर्व मनाउन काठमाडौ उपत्यका बाट आफ्नो गाउँघर गएका आमनागरिकहरू  काठमाडौ फर्किने क्रम बढेको छ।

चाडपर्व मनाउन ठूलो संख्यामा उपत्यका बाट सर्वसाधारण आमनागरिक कर्मचारी, सेना, प्रहरी, बाहिरिए पछि काठमाडौ उपत्यका सुनसान देखिन्थ्यो। पसल होटल उद्योग कलकारखाना प्राय बन्द थियो। सरकारी अफिस संघ सस्था प्राय पूरा बन्द थियो। उपत्यका बाट बाहिरिएका मानिसहरू काठमाडौ भित्रीए सगै उपत्यका भित्र चहलपहल भिडभाड बढेको छ । काठमाडौको थानकोट नाका, नागढुङ्गा नाका,भक्तपुर नाका बाट काठमाडौ भित्रीने संख्या बढेको छ । यतिबेला अन्नबाली धान भित्र्याउने सिजन भएको हुँदा अन्नबालि धान भित्र्याउन धेरै मानिसहरू गाउँघरमा ब्यस्त छन भने अर्कोतिर मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव प्रचार प्रसार अभियानको लागि राजनीतिक दलका उमेदवार, नेत्ता, कार्यकर्ता गाउँ घरमा चुनावी अभियानमा ब्यस्त छन। मंसिर ४ को चुनाव पछि काठमाडौ उपत्यकामा अझै धेरै चहलपहल भिडभाड बढनेछ। काठमाडौ उपत्यका भित्रको जनसंख्या र जनघनत्वको आधारमा सरकारले खाध्यन्न,लत्ताकपडा,औसधि, ग्यास, पानी लगाएत जनजिबिका सम्बन्धित अत्यावश्यक बस्तुहरूको ब्यबस्था गर्ने गर्दछ भने नेपाल प्रहरीले सुरक्षाको ब्यबस्थापन जनसंख्या र जनघनत्वको आधारमा गर्ने गर्दछ।