७९ कात्तिक १२ काठमाडौ ;
आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा विभिन्न राजनितीक दलहरूले जनताका माझ धमाधम लोकप्रिय कार्यक्रमको घोषणा गरेका छन।  यसै सन्दर्भमा नेपाली काङ्ग्रेसले जेष्ठ नागरिकलाई दिदै आएको बृद्ध भत्ता बढाउने, जेष्ठ नागरिकलाई निसुक्ल स्वास्थ्य बिमा, निसुक्ल स्वास्थ्य उपचार देखि बृद्ध भत्ता पाउने उमेर घटाउने घोषणा गरेको छ । बृद्ध भत्ता पाउने ६८ बर्षको उमेर घटाएर ६५ बर्षलाई कायम गर्ने नेपाली काङ्ग्रेसको घोषणापत्रमा उल्लेख छ।