७९ कात्तिक ६ काठमाडौ ; नेपालमा प्रजातन्त्र ल्याउन लामो समय सकृय रुपले संघर्ष गरेका प्रजातान्त्रिक अभियान्ता हेमन्त बहादुर मल्लले आज रिपोर्टस क्लबमा एक कार्यक्रम आयोजना गरेर दाङ जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवारी दिएको घोषणा गरेका छन। उनले रिपोर्टर्स क्लबमा बोल्दै भने मेरो स्वतन्त्र उम्मेद्बारीको लागी निर्वाचन आयोगले दिएको चुनाव चिन्ह खुकुरी क्रस हो।  स्वतन्त्र उमेदवारको पार्टी हुँदै नहुने भन्ने होईन। आफुले दाङ लगाएत नेपालका सवै ७७ओटै जिल्लाका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरू सग सहमति सहकार्य एकता गरेर अगाडि बढने बताउनु भयो। हामी सम्पुर्ण नेपाली जनता एउटै परिवार हौं। हुन सक्छ बिचार सिद्धान्त दर्शन अनि राजनीति आस्था  फरक होला तर हेमन्त मल्लले सवैलाई संमान गर्नेछ भन्दै दाङ क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवारको खुकुरी क्रस चिन्हमा भोट हाल्न अपिल गर्नुभएको छ।