२५ बैशाख, काठमाडौं, आज बसेको मन्त्रीपरिषद्को बैठकले बजेट अधिवेशनका लागि ३ जेठमा संघीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले ३ जेठ अपरान्ह ४ बजे संसदको अधिवेशन बोलाउन सिफारिस भएको छ । प्रत्येक वर्ष १५ जेठमा बजेट ल्याउने कानूनी प्रावधान बमोजिम बैठकको आवहान गरिएको हो ।