०७ चैत्र, काठमाडौं । नेपाल बार एशोशिएसनको आगामी २०७८ चैत्र १९ गतेको निर्वाचनमा सहभागि नेशनल इन्डिपेन्डेन्ट लयर्स एशोसियसनका उमेद्वार अहिले नेपालको पूर्वी तथा पश्चिमी जिल्ला बार र उच्च बारमा आफ्ना धारणा राहिएका छन् । न्यायलय स्वतन्त्र, निश्पक्ष, पादर्शी गर्नका लागि कानून व्यवसायी नै स्वतन्त्र, निश्पक्ष, पादर्शी, निडर र पेशागत नियमिततामा सक्षम हुनु पर्ने मान्यता राख्दै आएको (NLA) ले सो सन्देश देश भरका बार एशोसिएसन इकाईमा सम्प्रेषण गरिरहेको छ । यस आधारमा राजनीतिक आस्था भन्दा बाहिर रहेर स्वतन्त्र रूपमा पेशागत आस्थालाई अर्जुन दृष्टिका रूपमा लिएका (NLA) का उमेद्वारको समूहलाई विजय गराउन सबै कानून व्यवसायीलाई आग्रह गरेका छन् ।