११ फागुन, काठमाडौं । कानूनको शासन मार्फत सुशासन कायम गर्नुपर्छ भनी बुलुन्द आवाज उठाउने भ्रष्ट्राचार विरोधी अभियान्ता हेमराज थापा पक्राउ परेका छन् । उनले नेपालमा भ्रष्ट्राचारको अन्त्य हुनुपर्छ र नेपालमै रोजगारी सिर्जना हुनुपर्ने माग राखी विगत १० वर्ष देखि नागरिक आन्दोलन मार्फत आवाज उठाईराखेका छन् । नेपालको राष्ट्रहीतमा कसैले खेलवाड नगरुन् भनी नागरिक जागरण गराईरहेका छन् । अभियान्ता हेमराज थापालाई पक्राउ गरी गौशला प्रहरी कार्यालयमा राखीएको छ । भ्रष्ट्राचार विरोधी अभियान्ता हेमराज थापालाई तत्काल रिहाईको माग गरी मानव अधिकार तथा न्याय केन्द्र लगायत राष्ट्रवादी संघ संगठनले विज्ञप्ती समेत निकालेका छन् ।
भ्रष्ट्राचार विरोधी अभियान्ता हेमराज थापा पक्राउ
By हेमन्त खबर संवाददाता|2022-02-24T11:48:54+05:45February 24, 2022|Categories: Don't Miss, News|Tags: भ्रष्ट्राचार विरोधी अभियान्ता हेमराज थापा पक्राउ, हेमराज थापा|