प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संसद बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अनुमोदनका लागि एमसिसी सम्झौता प्रस्तुत गरे। ११ बजे बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसी संसदमा निर्णयार्थ लैजाने सुझाव दिएको थियो। अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

भिडियाे

https://youtu.be/brlsYw-Wv8k