२७ माघ, काठमाडौं । नेपाल सरकारले वि.सं. २०७९ बैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेलगतै शैक्षिक तथा विभिन्न तहका नतिजा प्रकाशन र परीक्षा सञ्चालनका तालिका प्रकाशन भएका छन् । स्थानीय चुनावमा देशको सम्पूर्ण जनशक्तिले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएको हुँदा, बाँकी शैक्षिक, नतिजा र परीक्षा चैत्र महिना देखि बैशाख पहिलो वा दोस्रो साता सम्म सक्नु पर्ने सरोकारवाला निकायको धारणा छ । विद्यालय तहको परीक्षा चैत्र मसान्तसम्म सकिसक्नु पर्ने छ, भने विश्वविद्यालय तहको पनि रोकिएका नतिजा प्रकाशन र बाँकी परीक्षाको समय तालिका प्रकाशित भएका छन् । यसैगरी अन्य निकायका स्थगित मौखिक तथा लिखित परीक्षा समेत छिटै हुने सङ्केत छ । यस आधारमा विद्यार्थी, परीक्षार्थी र सम्बन्धित निकायको जनशक्ति तिब्र गतिमा आ–आफ्नो तयारी गरिरहेका छन् ।

कोभिड १९ को तेस्रो तहरले रोकिएका परीक्षाहरूको समय तालिका प्रकाशन भईसकेका छन् भने बाँकी नतिजा प्रकाशन भईसकेका छन् । निजामति सेवा, विश्वविद्यालय सेवा आयोगले समेत रोकिएका नतिजा र परीक्षा समय तालिकालाई तिब्रता दिएको छ । विद्यालय तहका पठनपाठन पनि पाठ्यक्रम अनुसार फागुन मसान्त सम्म सक्काउँदै छन् ।