२५ माघ, काठमाडाै‌ं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।

मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्ने पूर्वअध्यक्ष कमल थापाको माग थियो ।

हेटौँडामा एक पत्रकार सम्मेलन गर्दै थापाले भावुक हुँदै राप्रपा छाडेको बताए । उनले राप्रपासँग आफ्नो ३१ वर्ष लामो सम्बन्ध टुटाउनुपर्दा मन भारी र पीडाबोध समेत भएको बताए ।

आजै उनले एक विज्ञप्ति समेत जारी गरेर पार्टी परित्याग गरेको पुष्टि गरेका हुन् ।