वाई.पी. अधिकारी ।– त्रिभुवन विश्वविद्यालयका गतिविधिलाई केन्द्रमा राखेर धेरै समचार तयार छन् । त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र प्राज्ञिक अनुसन्धानको अभिलेख विश्वविद्यालय हुनुपर्ने हो । त्रिभुवन विश्वविद्यालय र यस अन्तर्गतका क्याम्पसले अनुसन्धान गराउनका निमित्त पाठ्यक्रम र पाठ्यभार तोकेर लाखौं पूँजि र जनशक्ति खर्च गर्दछ । तर त्यसको अहिले सम्म कुनै अभिलेख छैन । धेरै दुःख र कष्ट गरेर तयार पारेका शोधपत्र प्रतिकिलो रु. १२ मा विक्रि गरिएका समचार आउँछन् ।

Photo Credit Online Khabar

कुन क्षेत्र, विधा र शीर्षकमा शोध, खोज र अनुसन्धान भएको छ हुदैछन्, भावि अनुसन्धान गर्न आवश्यक क्षेत्र, विधा र शीर्षक कुन–कुन छन् अभिलेख भेटिदैन, यस प्रकारको अभिलेख, त्रिभुवन विश्वविद्यालयका प्रत्येक विभाग, कार्यालयमा भौतिक रूपमा र ती कार्यालयका विद्युतीय वईवसाईडमा हुनु पर्ने हो । त्रिभुवन विश्वविद्यालयको लापरवाही र गैर जिम्मेवारीका कारण ‘‘जुन विश्वविद्यालयले अनुसन्धानको अभिलेख र अभिलेखसँग सम्बन्धित अनुसन्धान पत्र राख्दैन त्यो विश्वविद्यालय नै होइन’’ भन्ने मूल मंत्र त्रिभुवन विश्वविद्यालयले पालना गरेको छैन भने अन्य विश्वविद्यालयको हालत के होला ? यस आधारमा सबैले ध्यान पूर्वक त्रिभुवन विश्वविद्यालयलाई हाम्रा अनुसन्धानमूलक, ग्रन्थ खोई भनि जिज्ञासा राख्ने समय आएको छ ।