राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई दिँदै थापाले लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना दिँदै ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

नेपालमा राजाको नाम लिँदा सर्वोस्वहरण हुने अवस्थामा एकमात्र कमल थापाले राजाको नाममा आन्दोलन गरेका थिए । थापाले सिंगो मुलुक गणतन्त्रमय भएका बेला पनि राजसंस्था बोकेर हिँडे पनि त्यसलाई विर्सेर राजा नल्याउने शक्तीले कमल थापालाइ हराएकाे भाव व्यक्त गरेका छन् ।