नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन र अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गर्न सहमत भएका छन् ।बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको एक सहभागीले बताए । जेठ २ मा फर्किएर समस्याको समाधान खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमतिमा उल्लेख छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता भीम रावलले दुई नेता बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने जानकारी दिए ।