चैत १० देखि १६ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलकाे लागि  दशरथ रंगशाला तयार हुँदैछ । गत वर्ष मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल खेलपछि पहिलो पटक दशरथ रंगशालामा दर्शकसहितको फुटबल खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही चैत १० देखि १६ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना हुँदैछ जसमा नेपालसहित बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । किर्गिस्तानको ओलम्पिक टिमले खेल्नेछ ।

यही चैत दोस्रो साता नेपालमा विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई र अष्ट्रेलियासँग खेल्ने तय भएको थियो । तर कोरोना महामारीका कारण खेल स्थगित भएपछि एन्फाले त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । विदेशी टिमलाई पनि नेपालमा खेलाउन सकिन्छ भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गर्न लागेको एन्फाले जनाएको छ ।