नेकपा अध्यक्ष पुष्पकमल दाहालले देशलाई प्रतिक्रान्तिको अँध्यारो, भड्खालोमा हालेको हेर्न नसकिने भन्दै आक्रमक र जुझारु ढंगले जाने गरी आन्दोलनका कार्यक्रम बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

दाहाल-नेपाल समूह निकट अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई आइतबार राजधानीमा सम्बोधनका क्रममा दाहालले अन्तिम भरोषा जनतामाथि रहेकोले आक्रमक आन्दोलनको तयारीका लागि निर्देशन दिएका हुन् । उनले जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने बताए ।