चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएकाे भन्दै सर्लाहीका उखु किसानहरुले प्रदर्शन गरेका छन् । बक्याैता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरू ‘श्रम, पसिनाकाे मूल्य पाउँ’, ‘किसानहरू मार्न पाइँदैन’ लगायतका विभन्न नारा लेखिएका प्लेकार्डहरू बाेकेर प्रदर्शनमा उपस्थित थिए ।