नेपालका लागि नेपाली अभियानले आयोजना गरेको राष्ट्रिय नागरिक आन्दोलन , २०७७ अवरोध विना सम्पन्न भएको छ । यस आन्दोलनमा विभिन्न जिल्लाबाट हजारौँ मानिसहरु आएका छन् । यसैमा नेपालका लागि नेपाली , धनुषाका संयोजक राकेश कुमार राउत लगायत सुरज कुमार राउत , संजिव राय सहित अन्य १५० जना आभियान्नताहरु आएका थिए । यसैगरी , नेपालका लागि नेपाली , सिन्धुलीका संयोजक निरञ्जन श्रेष्ठ , मनोज प्रधान , मान बहादुर मगर , अरुन कुमान कार्की लगायत २०० जना अभियान्ताहरुले सहभागी जनाएका थिए । यस आन्दोलनको मूल उदेश्य नेपालमा पुनः राजतन्त्र फर्काउनु हो ।