जनकपुर अंञ्चल अस्पताल गेट अगाडीको रोडमा राखेको मोटरसाइकल र रिक्सालाई गेटदेखी २०० मिटर वरिपरि राख्न नदिने गरि त्यहाँको उपमहानगरपालिकालाई भनेको साथै यस्ता साधनहरुलाई छेउमै भएको बाह्र विघा मैदानमा व्यवस्थित गर्न भनेर पटक पटक अनुरोध गर्दा नसुनेझैँ गरिरहेको छ । अस्पताल क्षेत्र अत्यन्तै सम्वेदनशिल भएको कारण र त्यहाँ आउने एम्बुलेन्स पनि जाममा परेकोले बिरामीलाई अतिनै दुःख कष्ट भएको कारण म नेपालका लागि नेपाली , सिन्धुलीको संयोजक निरन्जन क्षेष्ठ एंवम नेपालका लागि नेपाली , घनुषाका संयोजक राकेश कुमार राउत , हाम्रा युवा अभियान्ता र धनुषा जिल्लाका ट्राफिक प्रमुख नवरज न्यौपाने गएर उपमहानगरपालिकामा पटक पटक वैठक बसिरहँदा पनि वास्ता नगरेको र अन्तिममा धेरै पटक भन्दा हामीले पार्किङ व्यवस्थित गर्नु भनेर पत्र पाउँ भन्नुभयो । जावो सबैको जनहितको लागि काम गर्दा पनि यस्तो अवरोध किन ? यसमा विभिन्न पार्टीको मान्छेले दवाव दिईरहेको कुरा आएको छ । तसर्थ यसलाई सकेसम्म चाँडो समाधान गर्न जनकपुर उपमहानगगरपालिकालाई हार्दिक अनुरोध गर्दछु ।