भाद्र ६ काठमाडौं
भगवान थापा
किसानले रोपेको धान झार गोडीसकेपछि युरिया मल हाल्ने गरेका छन् । भदौ महिनामा युरिया मल नहालेमा धान फल्दैन । अहिले सबै किसानलाई प्रमुख आबश्यक भनेको रासयनिक युरिया मलनै हो । प्रत्यक जिल्लामा कोरोना को प्रबाह नगरी मलका लागि सदरमुकाम धाईरहेका छन्् । मल पाउन लामबद्द हुदा कोरोनाको डर हुन्छ । मल प्रयाप्त भएमा यसरी मलको लागि भिडभाड गर्नु पर्ने थिएन । मलले गर्दा किसानहरु चिन्तित भएका छन् । सरकारले तत्काल मल किसानलाइृ उपलब्ध गराउन नेपालकालागि नेपाली का भुनेश्वर थापा (भुवन), डाक्टर सुरेन्द्र भण्डारी, निराजन श्रेष्ठ, कविता आचार्य, योगेन्द्र श्रेष्ठ हरुले बिज्ञप्ती निकालेका छन् ।