भगवान थापा
काठमाडौं,२ आषाढ
विश्वको राजनीतिले सधै मानवता लाई सम्मान गर्न सकेको छैन् । यसरीनै नेपालको राजनीति विकास पनि मानवतावाद लाई विर्सेर मानव मानव बिचको द्धन्द नै रहेको छ । बिचार मार्फत जुनसुकै समस्याको समाधान गर्न सक्ने शक्ति छ भन्ने हाल सम्म देखिएका चल्तिका व्यक्ति हरुलाई जानकारी देखिएन । विचार राखेकै आधारमा कसैलाई थुनामा राख्नु कहाको राजनीति हो । डा.सुरेन्द्र भण्डारी, निराजन श्रेष्ठ, अधिवक्ता भुनेश्वर थापा(भुवन), योगेन्द्र श्रेष्ठ, सुजना थापा कविता आचार्य लगायतले शान्तिपूण बिचार राखेकै आधारमा हेमराज थापा लाई थुनामा राख्नु मानवतावाद विर्सेको टिप्पणी गरेका छन् ।