काठमाण्डौ , ९ बैशाख ।

हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको छ ।अन्य स्थानको तुलनामा प्रदेश नम्बर २,  बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा बर्षा बढी भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद मन्जु बासीले ती स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भैरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएकाले सतर्कता अपनाउनु पर्ने बताइन् । मंगलबारको तुलनामा बुधबार केही कम पानी पर्ने अनुमान छ । पर्सिबाट फेरि अर्को निम्न चापीय प्रणाली प्रवेश गर्दैछ

पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भाना पनि रहेकाले खासगरी कर्णाली, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ को पहाडी भागबाट बहने नदी तथा खोलामा जलसतह बढ्ने अनुमानसमेत गरिएको छ ।