सिन्धुली , ९ बैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा ३३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि  भएको हो ।

मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।