सिन्धुली , ७ बैशाख ।

विश्वभरी महामारी फैलाईरहेको कोरोना भाईरस अर्थात कोभिड-१९ , चिनको वुहान शहरमा हजारौँको ज्यान लिई अन्य कयौँ देशमा लाखौँ मानिसहरुको ज्यान लिईरहेको छ ।

यस समाचार प्रकाशित गरेसम्म , जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभरी २३ लाख २८ हजार ६ सय जना कोभिड-१९ को संक्रमित भएका छन् भने १ लाख ६० हजार ७ सय ६ जनाको मृत्यु भईसकेको छ ।

त्यसैगरी , ५ लाख ९५ हजार २ सय १७ जना निको भईसकेका छन् ।

चिनलाई इपिसेन्टर बनाएर निस्किएको यो भईरस , अहिले अमेरिका खासगरी न्यू ओर्क सिटीलाई आफ्नो इपिसेन्टर बनाएको छ । अमेरिकामा ७ लाख ३४ हजार ९ सय ६९ जना कोभिड-१९ संक्रमित छन् । त्यसैगरी , ३८ हजार ९ सय ३ जनाको मृत्यु भएको छ भने ६६ हजार ६ सय १ जना निको भईसकेका छन् । यस तथ्याङ्कले अमेरिकालाई प्रथम स्थानमा राखेको छ ।

अमेरिका पछि , दोस्रो बढि संक्रमित राष्ट्र स्पेन हो । स्पेनमा १ लाख ९४ हजार ४ सय ५४ जना संक्रमित छन् । त्यसैगरी , २० हजार ६ सय ३९ जनाको मृत्यु भएको छ भने ७४ हजार ७ सय ९७ जान निको भईसकेका छन् ।

तेस्रो बढि संक्रमित राष्ट्र इटालीमा १ लाख ७५ हजार ९ सय २५ जना संक्रमित छन् । त्यसैगरी , २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ भने ४४ हजार ९ सय २७ जना निको भईसकेका छन् ।

चौथो बढि संक्रमित राष्ट्र फ्रान्समा १ लाख ५२ हजार ९ सय ७८ जना संक्रमित छन् । त्यसैगरी , १९ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ भने ३६ हजार ५ सय ८७ जना निको भईसकेका छन् ।

पाचौँ बढि संक्रमित राष्ट्र जर्मनीमा १ लाख ४३ हजार ७ सय २४ जना संक्रमित छन् । त्यसैगरी , ४ हजार ५ सय ३८ जनाको मृत्यु भएको छ भने ८५ हजार ४०० जना निको भईसकेका छन् ।

र , छैटौँ बढि कोरोना संक्रमित राष्ट्र बेलायतमा १ लाख १५ हजार ३ सय १४ जना संक्रमित छन् । त्यसैगरी , १५ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ भने ४ सय १४ जना निको भईसकेका छन् ।